Thursday, May 2, 2019


आमा तिम्रो न्यानो माया JJ


रित्तियो मायाको भण्डार, छुट्यो न्यनो काख!
कसलाइ खै के भनम र, दैबकै लागेछ हात!! 

देउरालिमा गाडिको हरन सुन्निबित्तिकै, छोरा/छोरी आए भन्दै लम्किन्थेउ तिमी डाडा तिर!
घर पुग्नासाथ भोक/थकाइ लाग्यो भन्दै करौथे तिमी सित 
येस्तो कहा हुन्छ र, आमा यो बिरानो सहर तिर!! 

तागत थियौ तिमी मेरि, कत्ती पनि आँसु झरिन कैले , साथ दिने तिमि  भएर होला!
कमजोर भएछु म तिम्रै ममतालाइ  सम्झन्छु , आँसु को वर्षा हुन्छ अचेल, तिमी नरहेर होला!! 

न्यास्रो लाग्यो घर आउ भन्दा , फुर्सद छैन पछि आउला भनी टारिरहे!
तिम्रा ती शब्द मनमा गडिएछन, झसक्क झस्किदा आँखा भरी आँसु पारी टोलाइरहे !! 

साथै हुदा टाडिन खोजिरहे, तिम्रो ममतालाइ बुझिन मैले!
तिम्रै याद्ले सताउछ, तस्बिर हेर्दै बोलाउने गर्छु, फर्केर तिमी आउछेउ र कैले??!! 

तिम्रो मुहार हसिलो भएर त होला गाउँ भरिनै खुसिको लहर चल्थ्यो पैले!
शून्य लाग्छ ती पाखा पखेराहरु, सुख्खा भका छन ती डाडाकाडा , कस्लाइ सम्झी फर्किनु र आमा त्यो गाउँ ऐले!!!

No comments:

Post a Comment

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...