Sunday, February 10, 2019

Important Question answer of Marketing Grade XII (Class 12) NEB

This is the Sample Question  Paper and Answer of Marketing Management of GradeXII NEB

Group -AVery Short Questions Answer

१.१.० बजारशास्त्रको आधुनिक परिभाषा लेख्नुहोस्।

ग्राहकहरुको रुचि, चाहना, आवश्यकतालाई पहिचान गरि सोहि अनुरुपका वस्तु तथा सेवाको उत्पादन, विक्री वितरण गरेर ग्राहकवर्गलाई सन्तुष्टी गर्न सगं सम्बन्धित व्यावसायिक कार्यहरुको संगठित प्रणलि नै आधुनिकबजारशास्त्र हो ।

१.१.१ प्रथामिक माग भनेको के हो ?

अनिवार्य आवश्यकता पुरा गर्न विभिन्न वस्तुहरुको कुल मागलाई प्रथामिक माग भनिन्छ ।

१.१.२ खरीदका तत्वहरु उल्लेख गर्नुहोस ।

खरीदका तत्वहरु निम्नानुसार छन ।
१. खरीद योजना
२. विशिष्टिकरणको तयारी
३. आपुर्तिकर्ता पत्ता लगाउनु
४. संकलन कार्य
५. वार्ता र छलफल
६. खरीद सम्झौता


१.१.३ बजारशास्त्रको विभिन्न अवधारणाहरु लेख्नुहोस् ।

बजारशास्त्रका अवधारणहरु निम्न छन ।
१. उत्पादन अवधारणा
२. वस्तु अवधारणा
३. विक्रय अवधारणा
४. बजारशास्त्र अवधारणा
५. सामाजिक अवधारणा

१.१.४ सम्भाव्य वस्तु भनेको के हो ?

भविष्यमा प्रदान गर्न सकिने प्रस्तावित वस्तु नै सम्भाव्य वस्तु हो ।


१.१.५ नगद छुट र व्यापारिक छुट विच के भिन्नता छ ?

नगद छुट र व्यापारिक छुट विचको भिन्नता निम्न छ ।
(क) नगद छुट ः– नगदमा कारोवार गरे वापत अथवा एक निश्चित अबधिभित्र विलको रकम भुत्तानि गरेवापत क्रेतालाई दिइने छुटलाई नगद छुट भनिन्छ । ग्राहकलाई चाडै नगद भुक्तानि गर्न प्रेरित गर्ने उदेश्यले नगद छुट दिइन्छ । नगद छुटले व्यापारिलाई उधारो सङकलन तथा असुल गर्न झन्झट बाट छुटकारा दिलाउंछ भने ग्राहकले पनि सस्तो दरमा वस्तु प्राप्त गदर्छ ।
(ख) व्यापार छुट ः– मुल्य सुचि भन्दा कममा वा मुल्य सुचिबाट घटायर वस्तु विक्री गरिन्छ भने त्यस्तो छुटलाई ब्यापार छुट भनिन्छ । खासगरी उत्पादकहरुले ब्यापारिहरु अथवा मध्यस्थकर्ताहरुलाई यस प्रकारको छुठ दिइन्छ । वस्तु अरिद गर्नको लागी अभिप्रेरित गर्ने अथवा ग्राहकहरुलाई आकर्षीत गर्नव्यापार छुट दिने गरिन्छ ।

१.१.६ थोक विक्रेताका कुनै चार कार्यहरु लेख्नुहोस ।

थोक विक्रेताका कुनै चार कार्यहरु निम्नानुसार छन ।
(क) वृहत परिमाणमा खरिद 
(ख) वित्त व्यावस्था
(ग) भण्डारण व्यवस्था
(घ) जोखिम बृहत

१.१.७ विक्रि प्रवर्दन भनेको के हो ?

वस्तु तथा सेवाको अल्पकालीन (छोटो) समयमा बढि माग सिर्जना गनको लागी अपनाइने प्रवर्दनात्मक कार्यलाई विक्री प्रवर्दन भनिन्छ ।

१.१.८ नेपालमा औद्योगिक बजारशास्त्रका कुनै तिन सम्भावनाहरु के के हुन ?

नेपालमा औद्योगिक बजारशास्त्रका सम्भावनाहरु निम्न छन् ।
(क) माग वृदि
(ख) सरकारि प्रथामिकता 
(ग) वृहत जलस्रोत 

१.१.९ कृषि बजारको चार समस्याहरु के के हुन् ?

कृषि बजारका समस्या निम्न छन् ।
(क) यातायातको समस्या         (ख) भण्डारणको समस्या 
(ग) स्तरिकरणको समस्या       (घ) वितिय स्रोतको समस्या

Group-BShort Question Answer


१.२.० बजार भनेको के हो ? बजारका विभीन्न अवधारवणाहरुको व्याख्या गर्नुहोस् ।

बजार भनेको क्रेता र विक्रेता एक आपसमा भेट गरि बस्तु तथा सेवाको विनिमय गर्ने निश्चित स्थानलाई बजार भनिन्छ । अर्को शब्दमा बजार भनेको खार स्थान विशेष मात्र नभई विनिमयको प्रक्रिया पनि बजार हो ।
बजारको विभिन्न अवधारणा निम्न रहेको छ ः

(क) उत्पादन अवधारणाः– व्यावसाय बाट लाभ र सफलताप्राप्तगर्न उत्पादन बढाउन लाग्नुपर्छ भन्ने सिद्वन्त नै बजारशास्त्रको उत्पादनधारणा हो । उत्पादनअवधारणा अनुसार उपभोक्ताहरु वस्तु र वस्तुको मुल्यप्रति बढि संवेदनशील हुन्छन् । यो नै बजारशास्त्रको प्राचिनअवधारणा हो

(ख) वस्तु अवधारणा ः–उपभोत्ताहरु गुणस्तर प्रति सचेत हुने भएकाले बजारशास्त्रको प्रमुखउदेश्य वस्तुको गुणस्तर सुधारतर्फ केन्द्रीतहुनुपर्दछ । किनकीउचीतमुल्यअनुसारको अरल गुणस्तरयुक्त वस्तु सहजै विक्रीगर्न सम्भव हुन्छ र व्यवसाय सफल हुन्छ ।

(ग) विक्रयअवधारणाः–विक्री वितरण गर्न विभिनप्रवर्दनात्मककार्यहरु संचालनगरि ग्राहकलाई वस्तु खरिद गर्न उत्प्रेरित गर्नु पदर्छ भन्ने बजारशास्त्रधारणाको विकास भयो र विक्रयअवधारणा भनिन्छ ।

(घ) बजारशास्त्रअवधारणाः– बजारशास्त्रअवधारणाले बजार अनुसन्धानका माध्यमबाट उपभोक्ताकाआवश्यकता, चाहाना, रुची, इच्छा अनुसारको वस्तुहरु उत्पादनगरि विक्रीवितरण गरेर ग्राहकहरुलाइ सन्तष्टि प्रदानगरि संगठनात्मक लक्ष्यप्राप्तितर्फ आफ्नाबजारशस्त्रक्रियाकलापहरुलाई केन्द्रित गरेको हुन्छ ।

(ङ) सामाजिकबजारशास्त्रअवधारणाः– फिलिप कोल्तरको अनुसार ”सामाजिकबजारशास्त्रधारणा व्यावस्थापनमुखि छ जसकाअनुसार संगठनको मुख्यकार्य लक्षितबजारका आवस्यकतातथाकुशलतापुर्वक आवस्यकता सन्तुष्टि प्रदान गर्दै उपभाक्तावा समाज कलयाणलाई यथावतवा वृदिगर्न हुनुपर्दछ ।”

१.२.१ गोदाम व्यवस्था भनेको के हो ? यसका कार्यहरु वर्णन गर्नुहोस् ।

गोदाम व्यवस्था भनेको वस्तु उपयोगका लागि उत्पादन वा निर्माण गरिन्छ । वस्तुमो उत्पादनको समग्र र उपभागको समय विच अनुसार हुन्छ । यो अन्तर समय विचमा बस्तुलाइए सुरक्षित राख्नुपर्दछ । यसलाई नै गोदाम व्यवस्था भनिन्छ । गोदाम व्यवस्थाका कार्यहरु निम्न छन ः

क) वस्तुको समय उपयोगिता श्रृजना गर्नु
वस्तुलाई निश्चित समय सम्म सग्रह गरेर राख्दा उपयुक्त समयमा आपुर्ति गर्न सकिन्छ । जसबाट समय उपयोगिता वृदि हुनजान्छ र चाहेको समयमा उपभोक्ताले आफ्नो आवस्यकता पुरा गर्न सक्छ ।

ख) वृहत उत्पादनमा मद्वत गर्नु
कच्चा पदार्थ तथा अर्ध तयारि वस्तुको भण्डारबाट नियमित रुपमा बृहत उत्पादन सम्भव हुन्छ र संगठनले वा उद्योगले आवश्यक परिमाणमा वस्तु उत्पादन गरि निर्धारीत लक्ष्य प्राप्त गर्न सक्दछ ।

ग) गुणस्तरको सुरक्षा 
केहि वस्तुहरु जस्तै ः वाइन वा अल्कोहलिक पेय पदार्थलाई जति धेरै समयसम भण्डारण गरिन्छ त्यति नै गुणस्तरमा वृदि हुन्छ ।

घ) वितिय सुविधामा सहयोग 
गोदाममा धण्डारण गरिएका उत्पादित कच्चा वस्तुलाई धितो राखि वैंङ्क तथा वित्तिय संस्थाहरुवाट ऋण लिन सकिन्छ । अतः वितिय सुविधाको आधार पनि गोदाम हो ।

ङ) जोखिम संरक्षणमा मद्वत
गोदाममा वस्तु भण्डारण गरिदा विभिन्न प्रकारका जोखिमहरुवाट सुरक्षा प्राप्त हुन्छ । जोखिमहरुको लागि नै वस्तुको विमा गरिन्छ ।


१.२.२ वस्तु नामाकरण भनेको के हो ? यसको महत्व वारे व्याख्या गर्नुहोस ।

वस्तुको परिचय गराउने तथा प्रतिस्पर्धि वस्तु बाट छुट्याउन वस्तलाइविशष नाम चिन्ह संकेत दिने कार्य नै नामाकरण हो । आफुले चाहेको वा खोजेकोसजिलै पहिचान हुने भएकोले नामाकरण गरिएको हो । नामाकरणको महत्व निम्नानुुसार छन

क) वस्तु छुट्याउन 
मार्काको सहयोग बाट विभिन्न उत्पादन गरेका वस्तुलाई एक आपसमा छुट्याउन सकिन्छ । जसले गर्दा खरिद गर्न वा प्रयोग गर्नलाई सजिलो हुन्छ ।
ख) खरिद गर्न सजिलो 
नामाकरण गरिएका वस्तुहरु खरिद गर्न सजिलो हुन्छ । उपभोक्ताले आफुले खोजेको वस्तु कम समयमा नै सजिलै प्राप्त गर्न सक्दछन् ।
ग) वातावरण संरक्षण 
वस्तुमा मार्का प्रयोग गर्न उत्पादकहरु प्राय वातावरणीय जोखिमलाई मध्यनजर गरि वस्तुको उत्पादन एवंम आपुर्ति गर्दछन । त्यसैले समाजप्रति उत्तरदायी बन्दै उत्पादकहरु वातावरणीय असरलाई ध्यानमा राखि वस्तुहरु उत्पादन गदछन ।
घ) नियमित आपुर्ति
नामाकरण गरिएका वस्तु नियमित आपुर्ति हुन नसकेमा वस्तु प्रति उपभाक्ताको नकारातमक धारण बन्न जान्छ । त्यसैल उत्पादकहरु ठुलो परिणामा वस्तु उत्पादन गरि वस्तुको आपुति नियमित गराउन तल्लिन रहन्छन ।
ङ) गुणस्तर कायम
उत्पादकहरु गुणस्तरमा स्थिरता कायम राख्न सधैका लागि पने भएकोले गणस्तर कायम गर्न पनि नामाकरणको महत्व हुन्छ ।

१.२.३ विभागिय भण्डार भनेको के हो ? यसका विषेश्ताहरु ब्याख्या गर्नुहोस् ।

विभागिय भण्डार यस्तो वृहत आकारको खुद्रा ब्यापारिक संस्था हो । ह्।भ्। त्जयmबक का अनुसार ”विभगिय भण्डार एउटा वहत खुदा्रव्यापारिक संस्था हो जसमा एयटै भवनभित्र धेरै विभागहरु हुन्ट.छन र प्रतेक विभागले एउटा विशेष प्रकारको वस्तुको मात्र कारोवार गर्छ जो आफ्नै एउटा पुर्ण एकाई हुन्छ ।” विभागिय भण्डारका विषेशताहरु निम्नानुसार छन् ।

क) वुहत खुद्रा संगठन 
विभागिय भण्डार एउटा वृहत आकारको खुद्रा व्यापारिक संगठन हो जस अन्र्तगत एउटै भवन भित्र विभिन्न वस्तुहरुको विक्रि वितरण गरिन्छ ।
ख) केन्द्रीय स्थान
विभागिय भण्डारमो स्थापना धेरै व्यक्तिलाई पायक पर्नेगरि सहरको मुख्य भागमा स्थापना गरिन्छ । जसवाट उपभोक्ताहरुलाई सजिलै आवतजालत गर्न सजिलो हुन्छ ।
ग) विभिन्न विभागहरु
विभागिय भण्डारमा विभीन्न प्रकारका वस्तुहरुको कारोवारवाट गर्न छुट्टै वस्तुको अलग–अलग विभाग खालीएको हुन्छ । एउटा विभागे एउटै प्रकारको वस्तुमात्र विक्रि गर्दछ ।
घ) विविध वस्तुहरु
विभागिय भणरमा सियो देखि लिएर जहाज समका वस्तुहरु पाइनछ तैपनि खासगरि तयारि कपडा, धरायसि सामान, सृङगारको सामान, फनिचर, मोवाइल, खेलौना, हलूका सवारि साधन इत्यदि वस्तूकरु विभागिय भ(डारद्वारा विक्रि गरिन्छ ।
ङ) थप सुविधाहरु 
विभागिय भण्डारले ग्राहकको आवश्यकता का वस्तु उपलब्ध गराउनुका साथै घरदैलो, मनोरन्जन, आराम गृह, रेष्टुरेन्ट, टेलिफोन इत्यादि सेवा उपलब्ध गराउने काय गदछ ।

१.२.४ विज्ञापन भनेको के हो ? यसका उदेश्यहरु वयान गनहोस् । 

विज्ञापन भनेको आफ्नो वस्तु प्रति ग्राहकको ध्यनाकषण गराउनु वा विभीन्न माध्यमवाट वस्तुको ध्यानाकर्षण गराउनु वा विभीन्न माध्यमबात वस्चुको गुण, विषशता, मुल्य, पाउने स्थान बारेमा संबन्धीत ग्राहकलाइ जानकारि गरउने कार्यलाइ नै विज्ञापन भनिन्छ । यसका उदेस्य निम्नानुसार छन्
क) बजार हिस्सा बढाउन
विद्दापनले उत्पादित विक्री बढाउनुका साथै बजार हिस्सा पनि बढाउदछ । विद्दापन नियमित रुपमा आउदा ग्राहकमा त्यस वस्तुको प्रभाव प्रदछ र प्रतिस्पर्धि वस्त भन्दा कम्पनिको बजार पनि आफुतिर वृद्वि भई बजार हिस्सा बढाउन सकिन्छ ।
ख) नयां वस्तुको परिचय दिन 
विज्ञापनले कुनै पनि संगठनको नयां वस्तुलाई संभावित ग्राहकसंग परिचित गराएको हुन्छ । यस उत्पादित वस्तुको गुण, विशेष्ता, मुल्य, पाउने स्थान आदिको सुचना दिन्छ साथै नयां वस्तुको पवर्दनमा अति आवश्यक छ ।
ग) व्रान्डको पहिचान निर्माण दिन 
कुनैपनि वस्तुको सामान्य नाम वस्तुको प्रख्यात सङगै व्राण्ड नामको पमा कायम हुन्छ । वियमीत विज्ञापनवाट जानकारि प्रदान गर्ने हुुनाले नाम संगै व्रान्ण्डको छुट्टै पहिचान गर्न मद्वत गर्दछ ।
घ) क्रेताको खृष्टिकोण परिवर्तन गर्न
वजारमा प्रतिस्पर्धिहरुले आफ्नो वस्तुवारे आवश्यक प्रचार गर्न सक्दछन् । यस अवस्थामा उत्पादकले वस्तु सम्वन्धि सकारातमक पक्षवारे विज्ञापनवाट जानकारि गरएर संस्था र वस्तु प्रति दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।
ङ) रोजगारि बढाउन
 विज्ञापनको महत्व रोजगारि बढाउन पनि रहेको हुन्छ । विज्ञापनको माध्यम वाट वस्तु तथा सेवाको माग वृद्वि गर्न सकिन्छ । कम्पनिमा वितरण, प्रवद्र्वन कार्यमा नयां जनशक्तीको आवश्यकता भै रोजगारिमा समेत वृद्वि हुन्छ ।

१.२.५ मुल्य निर्धारणका अनियन्त्रित तत्वहरु वारे वर्णन गर्नुहोस् ।

मुल्य निर्धारणका अनियन्त्रित तत्वहरु निम्न छन

क) बजार माग
बजार माग भनेको उपभोक्ता तथा लक्षित बजारलाई नै बजार माग भनिन्छ । वस्तुको बजार माग वृदिको अवस्थामा उच्च मुल्य कायम गर्न सकिन्छ भने घट्दो अवस्थामा कम मुल्य निर्भारण गर्नु पदर्छ ।
ख) प्रतिस्पर्धा
अहिलेको बजार प्रतिस्प्रधात्मक छ । प्रतिस्प्रधालाई फर्मले नियन्त्रण गर्न नसक्ने भएकाले बजार अंश प्राप्त गन तथा मुल्य बराबर तथा कम मुल्य निधारण गर्न सकृमा मात्र सफलता प्राप्त गर्न सकिन्छ ।
ग) मध्यस्थकर्ताहरु
उत्पादित वस्तुशरुलाई उपभोक्ता सम्म पु¥याउन विभीन्न मध्यस्तकर्ताहरुको सहयोग लिनुपर्दट । तयस्तै छोटो मध्यस्थ मार्ग भएमा तुलनात्मक रुपमा कम मुल्य राख्न सकिन्छ ।
घ) सरकारि निति निर्माण
प्रतेक देशको सरमारमा आ–आफ्नै निति नियमहरु हुन्छन । हाम्रो देशमा विधुत, टेलिफोन पेट्रोलियम पदार्थ आदिको मुल्य सरकार आफैले निधारण गर्दट । यसरि सरकारि निति नियमले पनि वस्तुको मुल्य निधारणमा प्रभाव पार्दछ ।
ङ) दवाव समुह 
वस्तुको मुल्य निधारणमा विभिन्न किसिमका सरोकारवालाहरुको समुहले पनि प्रभाव पार्दछन् । मानव अधिकार संगठन, उपभोक्ता मञ्च, उद्योग, वाणिज्य महाशघं दवाव समुहले आफ्नो स्वाथबाट अभिप्रेरित भई फर्मको मुल्य निधारणमा प्रभाव पार्दछ ।

१.२.७ थोक विक्रेता र विच फरक छुट्याउनुहोस् । 

थोक विक्रेता र खुद्रा विक्रेता विचको फरक निम्न रहेको छ ः

 थोक विक्रेता                               

क)  धेरै परिणममा वस्तु खरिद गर्न विक्रता वा ब्यापारिलाई थोक विक्रेता भनिन्छ ।
ख) थोक विक्रेताले भण्डारको व्यवस्था गर्दछ ।
ग) उत्पादक वा अभिकर्ताबाट वस्तु खरिद गर्दछ।
घ) थोक विक्रेताले ढुवाकिो व्यवस्था गरेकाके हुन्छ ।
ङ) ठुलो परिणममा विक्री गर्दछ ।
च) छनौट सुविधा समेत उपलब्ध ।

खुद्रा विक्रेता

क) अन्तीम उपभोक्ता हामिलाई वस्तु तथा सेवा विक्री गर्ने विक्रेतालाई खुद्रा विक्रेता भनिन्छ ।
ख) वितरणको माध्यमको अन्तीम मध्यस्थकर्ता हो ।
ग) थोक विक्रेता संग मात्र वस्तु खरिद गर्दछ ।
घ) ढुवानिको व्यवस्था हुदैन ।
ङ) साने परिमाणमा खरिद गर्दछ ।
च) भण्डारणको ब्यवस्था हुदैन ।

Group - CLong Question Answer



१.३.० बजारशास्त्र भनेको के हो ? आजको आधुनिक विश्वमा यसको महत्ववारे छलफल गनुहोस् । 

बजारशास्त्र भनेको वस्तु तथा सेवाको उत्पाखन एवंम विक्री वितरण संगै सम्बन्धीत अर्थतन्त्रको एक वृहत पक्ष बजारशास्त्र हो । यस अर्थमा बजारशास्त्र कुनै पनि वस्तु वा सेवाको खरिद विक्री गरिने कार्यहरु संग सम्वन्धित हुन्छ । त्यसैले वस्तु तथा सेवाको खरिद विक्री गर्ने क्रममा सम्पादन गरिने सम्पुर्ण क्रियाकलापहरुको अध्यय्न गर्ने विज्ञान नै बजारशास्त्र हो । बजारशास्त्रको महत्व निम्न रहेको छ ।

क) उपभोक्ताको लागि बजारशास्त्रको महत्व
उपभोक्ताको आवस्याकता, चाहना, रुचि, फेसन, एवंम बजार मागलाई ध्यानमा राखेर उत्पादकहरुले वस्तु तथा सेवाको उत्पादन गर्ने भएको हुनाले बजारशास्त्र उनिहरुका आवश्यकता एवम् चाहाना परीपुर्ति गर्ने माध्यम हो । त्यसैले उपभोक्ताको लागि बजारशास्त्रको धेरै महत्व रहेको छ ।

ग) व्यावसायिक संस्थाको लागि बजारशास्त्रको महत्व
व्यावसायिक फर्म तथा उत्पादकहरु बजारशास्त्रको माध्यमब्ँट नै आफ्ना उदेस्यहरु हासिल गन सक्षम हुने भएकाले व्यावसायिक फर्मको सफलता बजारशास्त्रको सफलतामा निभर गदछ ।

घ) समाजको लागि बजारशास्त्रको महत्व
बजारशास्त्र एकातिर समाज तथा राज्यको बेरोजगारि समस्या समाधान गर्न प्रत्यक्ष रुपमा ठुलो भुमिका खेविरहेको हुन्छ भने अर्कोतिर राष्टको विकासको निमार्णका लागि प्रत्यक्ष रुपमा विभिन्न करहरु भुक्तानि गरि महत्वपुर्ण योगदान पु¥याई रहेको हुन्छ ।


१.३.१ औद्यौगिक वस्तुको परिभाषा दिनुहोस् । यसका प्रकारहरु र बजारिकरण गर्दा ध्यान दिनुपर्ने कुराहरु छलफल गर्नुहोस् । 

व्यावसायिक संस्था संचालनको लागि एवम् अको वस्तु उत्पादन गर्नको लागि खरिद गरिने वस्तुको प्रकारलाई निम्न वमोजिम वगिकरण गरिएको छ ।

क) कच्चा सामाग्री 
कुनै वस्तुको उत्पादन गर्न अत्यवश्यक वस्तुलाई कच्चा पदार्थ भनिन्छ कुनै भौतिक वस्तुको उत्पादन गर्न प्रयोग हुने तिज वा कच्चा पदार्था नै कच्चा सामाग्रि हो ।
ख) जडान सामाग्रि भनिन्छ यस्ता सामाग्रिहरु
कुनै एउटा उद्योगको तयारि वस्तु अन्य वस्तु निमार्ण कुनै प्रयाग गरिन्छ भने त्याहां वस्तुलाई निर्मित सामाग्री वा जडान सामाग्री भनिन्छ । यस्ता सामाग्रीहरुलाइ तयारि वस्तुका विभीन्न वास्तविक अंगका रुपमा रहन्छन् ।
गं) ठुला मेसिन यन्त्र
व्यावसायिक प्रयोगको लागि आवश्यक पर्ने टिकाउपुर्ण महङगा तथा ठुला किसिमका मेसीन उपकरणहरुलाई ठुला यन्त्र मेसिन वा संयन्त्र भनिन्छ । यस्ता वस्तुहरु व्यावसायका स्थिर सम्पतिका रुपमा रहेको हुन्छ ।
घ) सहायक उपकरण 
औद्योगिक कार्य सम्पादन गर्ने त्रममा औद्योगीक उपभोक्ताले प्रयोग गर्ने विभिन्न किसिमका साना उपकरणहरुलाई सहायक उपकरण भनिन्छ । त्यस अन्तरगर्त हाते औजारहरु पर्दछन ।
ङ) संचालन आपुर्ति
उत्पादन गरिने वस्तुसङ सम्वन्ध नराख्ने तर उत्पदन कार्यमा प्रयोग छुने मंयन्त्र एवम् उपकरणका लागि आवस्यक पर्ने औद्योगिक वस्तुलाई संचालन आपुति भनिन्छ । बजारिकरण गर्दा ध्यान दिनुपर्ने कुराहरु निम्न छ ।

  • वितरण माध्यम छोटो वा प्रतक्ष अपनाउने ।
  • दिर्धकालिन सम्भौत गर्न ।
  • ठुला मेशिनको लागि नामाकरणको ठुलो महत्व हुन्छ ।
  • सहायक उपकरणहरुको वित्री गर्न प्रवद्र्वन गर्नुपर्ने हुन्छ । 
  • प्रवर्दनात्मक क्रियाकलाप त्यति महत्वपुर्ण हुदैन् ।


१ं.३ं.२ विक्री प्रवद्र्वन भनेको के हो ? उपभोक्ता प्रवद्र्वन विधि र व्यापार प्रवद्र्व विधि र व्यापार प्रवर्दन विधिवारे छलफल गर्नुहोस् ।

वस्तु वा सेवाको अल्पकालीन समयमा बढि माग सिर्जना गर्नको लागि अपनाइने प्रवर्दनात्मक कार्यलाइ विक्री प्रवर्दन भनिन्छ । उपभोक्ता प्रवद्र्वन भनेको उपभोक्ताहरुलाई नियमित आवश्यक र निश्चित समयमा मात्र वस्तु खरिद गर्न प्रवृतीलाइक परीवर्तन गरि अन्य समयमा तत्काल आवश्यकता सुचि बनाउन गरिने बिक्री प्रवर्दनलाई उपभोक्ता विक्री प्रवर्दन भनिन्छ । जसलाइ निम्न वुदामा उल्लेख गरियको छ ।
क) निशुल्क नमुना 
उपभोक्ता विक्री गर्ने विधिमा निशुल्क पनि एक हो । यसमा उपभोक्ताहरुलाइ वस्तु निशुल्क रुपमा केहि वस्तु प्रयोग गर्न दिन वा नमुना वस्तु बांडने गरिन्छ ।
ख) साटफेर सुबिधा
उपभाक्तालाई वस्तु खरिद गर्दा तुरुन्तै बिग्रने वा रगं वा डिजाइन मन परेन भने के गर्न भन्ने दिुविधा हुन सक्छ । यस्तो अवस्थामा समय अवधि दिएर साटफेर सुविधा दिलाउन पर्छ ।
ग) प्रिमियम
वस्तु खरिद गर्दा थप वस्तु पनि उपलब्ध गराउने प्रवद्र्वनलाइ प्रिमियम दिने भनिन्छ हामि कहां यो धेरै प्रचलित रहेको छ ।
 घ) उधारो 
नियमित तथा इमान्दार उपभोक्ताहरुलाई उधारो दिइ पनि विक्री गराउन सकिन्छ । उधारो दिदां उपभोक्ताले आवश्यकताभन्दा वढि वस्तु खरिद गदछ र भविष्यका लागि संचय गर्दछ ।
ङ) पैसा फीर्ता
वस्तु तथा सेवाले उपभोक्ताको आवश्यकता तथा उदेश्य पुरा भएन भने विक्रेताले पैसा फीर्ता दिने प्रतिवदता गदछ भने यसलाई पैसा फीर्ता विधि भनिन्छ ।
च) ब्यापार मेला प्रद्र्वसनि
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मेला वा प्रद्र्वशननिमा धेरै उपभोक्ताहरुको जमघट हुन्छ । यस्तो ठांउमा उपभोक्ताले अल्पकलीन समयमा वस्तुको जानकारि लिन्छन र वस्तु खरिद गर्न प्रेरित हुन्छन् ।
छ) उपभोक्ता चिठ्ठा
उपभोक्ताहरुले निस्चित अवधिसम्म गरिएको वस्तुको विलहरु वा खालि खोला विक्र्रीमा नम्वर मध्यवार समय समयमा चिठ्ठा खोलिन्छ र चिठ्ठा पर्ने ग्रहक घोषण गरिन्छ ।
ज) घर सम्म ढुवानि 
तत्काल विक्री बढाउन गर्नुपर्ने बिक्री प्रवद्र्वनका उपाउमा घरसम्मा ढुवानि पनि एक हो घरसम्म नै वस्तु तथा सेवा पु¥याउने भएसि उपभोक्ताले तत्काल नै खरिद गर्न तयार हुन्छन् । यसले गर्दा विक्री बढछ ।


१.३.३ विक्री पवद्र्वन भनेको के हो ? उपभोक्ता पवद्र्वन विधि र व्यापार पवद्र्वन विधि वारे छलफल गर्नुहोस् ।

ब्यापार पवर्दन भनेको ब्यापारिक प्रयोजनको लागि वस्तु खरिद गर्न क्रेताहरुमा माग सिजन ागर्न विधि हुनाले यसलाई व्यापारिक प्रवद्र्वन भनिन्छ । यस अन्र्तगत पर्ने विधिको निम्नानुसार चर्चा गरिएकोछ ।
क) उधारो सुविधा
नियमित तथा इमान्दार विक्रेतालाइ उधारो सुविधा दिएमा तत्काल विक्रीको मात्रा बढन जान्छ । यसले गर्दा धेरै फाइदा हुन्छ ।
ख) वोनश विक्री
 परीभाषाको आधारमा विक्रेतालाई पुरस्कारको रुपमा नगद दिइन्छ । जसलाई वोनस भनिन्छ ।
ग) निशुल्क सामान
 वस्तु खरिद गरेको आधारमा सितैमा थप वसतु खिने विक्री प्रवद्र्वन विधीलाई निशुल्क सामान विधि भनिन्छ ।
घ) विक्री प्रतियोगीता
थोक विक्रेता विचमा सवैभन्द वस्तु खरिद गर्न सक्छ भनेर प्रतियोगीता गराउने, त्यसैगरि खुद्रा विक्रेताहरु विचमा सबैभन्दा वढि विक्री गर्न सक्दछ । भनेर प्रतियोगिता गर्ने र प्रथम द्वितिय, तृतीय घोसणा गरि सम्मान गर्ने गरेर पनि विक्री बढाउन सकिन्छ ।
ङ) उपहार 
व्यापारिक विक्रीपवद्र्वन अन्तरगत उपाहार दिने चलन आजकल धेरै बढेको छ । विक्रेता वा सिफारिसकर्ता हरु वस्तुको कारोवार गर्न उत्प्ररित गर्न विभिन्न किसिमका सामान दिई विक्रि वढाउन सकिन्छ ।
च) प्रीमियम
कुनैपनि निश्चित वस्तुको खरिदमा निशुल्क रुपमा थप वस्तु दिने विक्रि प्रवद्र्वन विधिलाई प्रिमियम भनिन्छ ।
छ) भ्रमण सुविधा
उत्पादकले विक्रेतालाई निर्धारित मात्रा भन्दा वढि कारोवार गर्ने विक्रेतालाई स्वदेश तथा विदेशका प्रमुख स्थानहरुमा भ्रमण गराउने विधि अपनाउने गर्दछन । यसले गर्दा विक्री गर्न क्रेताहरु उत्साहित हुन्छन् ।
ज) पसल सजावट 
आफनो वस्तु बढिभन्दा विक्री होस भनेर उत्पादकले विक्रेताको पसल भित्र सजाइदिने, रगं रोगन गरिदीने इत्यादि गर्न सकिन्छ ।

2 comments:

  1. Thank you very much....it will be very helpful to students.

    ReplyDelete
  2. Aajha dherai question answer post garnu na

    ReplyDelete

Nepal Kanun is One of Top Kanoon YouTube Channel In Nepal

About Nepal Kanoon YouTube Channel: In this YouTube Channel they will provide study material about National and International law w...